जसरी पनि महशुल उठाएरै छाड्छु : कुलमान घिसिङ

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी पनि डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकबाट महशुल उठाएरै छाड्ने अठोट लिएका छन् । बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । &#8216;जसरी भएपनि उठाउँछौं, कुनै पनि निकायबाट नलिनु भनेर भनेको छैन, बिल गरेको रकम लिने हो, भनेरै [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी पनि डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकबाट महशुल उठाएरै छाड्ने अठोट लिएका छन् । बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।

‘जसरी भएपनि उठाउँछौं, कुनै पनि निकायबाट नलिनु भनेर भनेको छैन, बिल गरेको रकम लिने हो, भनेरै लाइन काट्ने हो,’ उनले भने ।

लोडसेडिङ हुनुको कारण असमान वितरण गरेको बताउँदै उनले भने- ‘उद्योगीलाई असमान वितरण गरेको भन्दै आवाज पनि उठेको थियो । उर्जा मन्त्रालयले गठन गरेको एउटा रिपोर्टले २०७० मा असमान विद्युत वितरण भएको भन्दै निष्कर्ष निकालेको थियो, त्योभन्दा अगाडि धेरै गुनासो आएको थियो ।’

कार्यकारी निर्देशक घिसिङका अनुसार २०६५ मा डेडिकेटेड ट्रंक लाइन प्रत्यक्ष उद्योगभित्र जाने लाइन हो । उनले केही सीप नलागेपछि विद्युतको लाइन काट्नु परेको र अझैं काट्ने समेत जानकारी गराएका छन् ।

‘९ वटाको काटिसक्यौं, अझै काट्छौं, अब मैले रोकेर पनि रोकिँदैन, विषय अगाडि बढिसक्यो,’ घिसिङ भन्छन् ।

Share News