नेपालको उडान सुरक्षामा छुट्टै नीति आवश्यक, उड्डयन क्षेत्रलाई ईयूको लिष्टबाट हटाउन निर्देशन

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले नेपालको हवाई उडान सुरक्षामा छुट्टै नीति आवश्यक रहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १४औं बैठकमा बोल्दै दुई संस्थाले नेपालमा हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आएतापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएको बताएका हुन् । उक्त नीति तर्जुमा गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले नेपालको हवाई उडान सुरक्षामा छुट्टै नीति आवश्यक रहेको बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १४औं बैठकमा बोल्दै दुई संस्थाले नेपालमा हवाई नीति, २०६३ सालदेखि कार्यान्वयनमा आएतापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएको बताएका हुन् ।

उक्त नीति तर्जुमा गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने सम्बन्धमा दुई संस्थाले निर्णय गरेका छन् ।

त्यस्तै, नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपियन यूनियनको सुरक्षा सुची (ईयू एयर सेफ्टी लिष्ट) बाट हटाउनका लागि आवश्यक कार्ययोजना निर्माण गरी सो को जानकारी समितिलाई उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने उनीहरुको भनाई छ ।

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्न/गराउन समेत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने भएका छन् ।

Share News