काठमाडौंबाट ल्हासामा हिमालयन एयरलाइन्सको सिधा उडान सुरु

<p>काठमाडौं । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले बिहीबार देखि ऐतिहासिक काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा कम्पनीले लिएको छ । कम्पनीका अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र [&hellip;]</p>

काठमाडौं । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले बिहीबार देखि ऐतिहासिक काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवा सुरु गरेको छ ।

यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

नयाँ काठमाडौं-ल्हासा-काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ ।

पहिलो आउटबाउन्ड उडान, यच९ ७७४ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानको १२ः०० बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या १३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

सो अवसरमा मन्त्री किराँतीले भने, ‘हिमालय एअरलाइन्स्ले काठमाडौं-ल्हासा-काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस नयाँ स्थापित मार्गले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ ।’

कम्पनीका अनुसार यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को आधिकारिक वेबसाइटबाट काठमाडौं-ल्हासा-काठमाडौं उडानको टिकट बुक गर्न सक्नेछन् ।

Share News