पशुपति क्षेत्र विकास कोषको सय बढी सल्लाहकार खारेज

<p>काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो । राज संस्थाका पाला देखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकासकोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री [&hellip;]</p>

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ । आज बसेको कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो ।

राज संस्थाका पाला देखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिको विकासकोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचीवलयले जनाएको छ ।

परिषद बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्मान गर्ने समेत निर्णय गरेको ।

Share News