सरकारले तोक्यो उखुको मूल्य, किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान

<p>काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । जसमा प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । [&hellip;]</p>

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो ।

जसमा प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । सरकारको एक वर्षको कार्य प्रगतिबारे समीक्षा गर्दै उनले सो बताएकी हुन् ।

‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले पाँच सय ६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने, उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ प्राप्त गर्ने  निर्णय भएको छ’, उनले भनिन् ।

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकारका कामकारबाही तीव्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बताए ।

Share News