काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्राधिकरणको क्षेत्राधिकार भएको एनसेलको सेयर बिक्री प्रकरणमा किन समिति बनाइएको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग यस्तो प्रश्न गर्दै समिति बनाउन आवश्यक नरहेको बताएका हुन् ।
‘प्राधिकरणको क्षेत्राधिकार भित्र भएको कुरामा पनि किन समिति बनाउनुहुन्छ ? लाईसेन्स समातियो भने समिति बनाउनुहुन्छ कि नाइँ ?,’ उनले प्रश्न गरे ।
त्यस्तै, उनले अर्बौंको कम्पनी बेच्दा कर तिर्नु पर्छ कि पर्दैन भनेर थप प्रश्न गर्दै यसमा प्रधानमन्त्रीले किन हस्तक्षेप गर्ने बताएका छन् ।
एनसेलमा जहिले पनि कानुनलाई झुक्क्याउने काम भएको उनको भनाई छ । त्यस्तै, २० प्रतिशत सेयर नेपालीको हुन्छ भनिने तर विदेशिकै हुने अवस्था रहेको उनले बताए ।
प्रधानमन्त्रीले चाहेर हुने भन्ने होइन, ऐनमा के छ त्यो बुझ्नुपर्ने हुन्छ । ऐनमा नै चलखेलको सुविधा रहेको भए कानुन संशोधन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसमा हामी तयार हो कि होइन ?, प्रश्न गर्दै उनले भने ।