काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार क्वार्टर निर्माणको काममा खटिएका मजदुरहरुले खाना पकाउने क्रममा आगो लागेको हो । जुन हाल नियन्त्रणमा आइसकेको समेत प्रहरीले बताएको छ ।
आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।