काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस २ गते बसेको बैठकले १२औं वार्षिक साधारणसभा पुस २५ गते त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ ।
लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।