काठमाडौं । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवदेन खुला गरिएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका ६८औँ लाइसेन्स परीक्षा आउँदो माघ १७ देखि १९ गतेसम्म लिने जनाएको छ ।
परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ । परीक्षाका लागि आजदेखि अनलाइन फाराम भर्न सकिनेछ ।
माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने काउन्सिलले जनाएको छ ।