प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गर्यो टिभीएस रोनिन, मूल्य ४ लाख ४९ हजार रुपैयाँ

<p>काठमाडौं । टिभीएस मोटर कम्पनीले टिभिएस रोनिन ’मोडर्न-रेट्रो’ मेसिन सार्वजनिक गरेको छ । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभीएस मोटर कम्पनीले नेपालका ग्राहकहरूका लागि टिभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो । टिभीएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो [&hellip;]</p>

काठमाडौं । टिभीएस मोटर कम्पनीले टिभिएस रोनिन ’मोडर्न-रेट्रो’ मेसिन सार्वजनिक गरेको छ । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभीएस मोटर कम्पनीले नेपालका ग्राहकहरूका लागि टिभीएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो ।

टिभीएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । यसै अवसरमा ८ स्थानीय ब्लगर/ईन्फ्लुएन्सर/सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभीएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू-भागमा करिब १ हजार ३ सय किलोमिटरको दुरी पार गरी काठमाडौंमा समापन भएको थियो ।

कम्पनीका अनुसार टिभीएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ सीसीको यस मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पीएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टू-वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभीएस रोनिनले यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्ने कम्पनीको दावी छ । लन्चको बारे बोल्दै प्रिमियम, टिभीएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभीएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको बताए ।

त्यस्तै, लन्चको बारेमा टिप्पणी गर्दै पीटी टिभीएस मोटर कम्पनीका अध्यक्ष निर्देशक जे थङ्गराजनले यो मोटरसाइकलको लन्चले कम्पनीको उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिवद्धतालाई जनाउने बताए ।

टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले टिभिएस रोनिनको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्ने बताए ।

टिभीएस रोनिन नेपाली बजारमा टीडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबीएस) मा उपलब्ध हुनेछ । पुस महिनादेखि नेपालभरका टिभीएस मोटर आउटलेटहरूमा उपलब्ध हुने टिभीएस रोनिनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

Share News