बढ्यो घरजग्गा व्यवसाय, मंसिरमा वर्षकै धेरै कारोबार

<p>काठमाडौं । मंसिर महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखत पारित, नामसारी संख्या र राजस्व आम्दानीमा कात्तिक महिनाको तुलनामा वृद्धि भएको हो । विभागका अनुसार मंसिर महिनामा ४१ हजार आठ सय ५१ वटा घरजग्गाको लिखत पारित भएको छ, जुन संख्या अघिल्लो महिनामा २६ [&hellip;]</p>

काठमाडौं । मंसिर महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखत पारित, नामसारी संख्या र राजस्व आम्दानीमा कात्तिक महिनाको तुलनामा वृद्धि भएको हो ।

विभागका अनुसार मंसिर महिनामा ४१ हजार आठ सय ५१ वटा घरजग्गाको लिखत पारित भएको छ, जुन संख्या अघिल्लो महिनामा २६ हजार ४६ मात्रै थियो । त्यस्तै, मंसिर महिनामा तीनहजार दुई सय २४ वटा घरजग्गाको नामसारी भएको थियो, जुन संंख्या अघिल्लो महिनामा एक हजार नौ सय २३ वटा रहेको थियो ।

घरजग्गाको कारोबार संख्याम वृद्धि हुँदा सरकारले सो क्षेत्रबाट राजस्व आम्दानी पनि बढाएको छ । मंसिर महिनामा सरकारले जग्गाको कारोबारबाट ९६ करोड ४५ लाख चार हजार आठ सय ९७ रुपैयाँ पुँजीगत लाभकर वापत आम्दानी गरेको छ । कात्तिक महिनामा भने सरकारले घर जग्गाको कारोबारबाट पुँजीगत लाभकार वापत ७७ करोड नौ लाख १६ हजार २७ रुपैयाँ मात्रै आम्दानी गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार मंसिर महिनामा भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो ।

Share News