काठमाडौं । कामना सेवा विकास बैंकले पनि सरकारलाई करबापत २ करोड ६२ लाख रुपैयाँ बुझाएको छ ।
चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले २ करोड ६२ लाख ६६ हजार ५ सय ८६ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो ।
हालै सर्वोच्च अदालतको निर्णयका आधारमा बैंकले हकप्रद सेयरहरु बोलकबोल प्रकृया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्जर हुँदाको स्वाप अनुपातको भिन्नताको कारण कामना सेवाको आयको आयकार दायित्व भुक्तानी गरेको संस्थाले जानकारी गराएको छ ।