कुन भिटामिनको कमीले हड्डी कमजोर हुन्छ ?

<p>काठमाडौं । बलियो शरीरका लागि बलियो हड्डी धेरै महत्वपूर्ण छ । जब हड्डी बलियो हुन्छ, तब हामी स्वस्थ महसुस गर्छौं । यसले जोर्नी दुखाइबाट पनि राहत दिन्छ । भिटामिन डी, भिटामिन के र अन्य पोषक तत्व हड्डीका लागि आवश्यक हुन्छ । यी पोषक तत्वले हड्डी बलियो बनाउँछ । तर, कहिलेकाहीँ सन्तुलित आहार नलिँदा हड्डी र [&hellip;]</p>

काठमाडौं । बलियो शरीरका लागि बलियो हड्डी धेरै महत्वपूर्ण छ । जब हड्डी बलियो हुन्छ, तब हामी स्वस्थ महसुस गर्छौं । यसले जोर्नी दुखाइबाट पनि राहत दिन्छ । भिटामिन डी, भिटामिन के र अन्य पोषक तत्व हड्डीका लागि आवश्यक हुन्छ ।

यी पोषक तत्वले हड्डी बलियो बनाउँछ । तर, कहिलेकाहीँ सन्तुलित आहार नलिँदा हड्डी र जोर्नी दुख्ने गर्छ । यस्तो अवस्थामा अक्सर मानिसको मनमा प्रश्न आउँछ कि आखिर कुन भिटामिनको कमीले हड्डी कमजोर हुन्छ ? हड्डी कमजोर हुनुको कारण के हो? कुन भिटामिन जोर्नी र हड्डीका लागि राम्रो छ ?

भिटामिन डी

भिटामिन डी हाम्रो हड्डीका लागि धेरै महत्वपूर्ण छ । भिटामिन डीले हड्डी बलियो बनाउन मद्दत गर्छ । वास्तवमा, भिटामिन डीले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम गर्छ । शरीरमा भिटामिन डीको कमी हुँदा हड्डी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा हड्डीको दुखाइले तपाईंलाई सताउन सक्छ ।

त्यसैले भिटामिन डी प्राप्त गर्न बिहानको सूर्यको किरण लिन सकिन्छ । यसबाहेक भिटामिन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ । साल्मन माछा, सुन्तला, गाईको दूध र च्याउमा पनि भिटामिन डी उच्च हुन्छ ।
भिटामिन के

भिटामिन केको कमीले पनि हड्डी कमजोर हुन सक्छ । भिटामिन के हड्डी बलियो बनाउनका लागि आवश्यक भिटामिन हो । शरीरमा भिटामिन केको कमी हुँदा हड्डी र जोर्नीमा दुखाइ हुन थाल्छ । यदि तपाईंलाई हड्डी दुख्ने समस्या छ भने तपाईंले हड्डी बलियो बनाउन भिटामिन केयुक्त खानेकुरा सेवन गर्न सक्नुहुन्छ ।

क्याल्सियम

अधिकांश मानिसले आफ्नो जीवनमा कुनै न कुनै समयमा क्याल्सियमको कमीको सामना गर्नुपर्ने हुन्छ । शरीरमा क्याल्सियमको कमीका कारण हड्डी कमजोर हुन थाल्छ । त्यसैले हड्डीलाई स्वस्थ बनाउन क्याल्सियम लिनुपर्छ । हड्डीको कमजोरी हटाउन क्याल्सियमयुक्त खानेकुराको सेवन सुरु गर्न सक्नुहुन्छ ।

ब्रोकाउली, साल्मन माछा, हरियो तरकारी र फलफूलमा क्याल्सियम प्रशस्त हुन्छ । आफ्नो नियमित आहारमा क्याल्सियम समावेश गरेर हड्डी बलियो बनाउन सकिन्छ ।

प्रोटिन

प्रोटिन आहार हाम्रा लागि धेरै महत्वपूर्ण छ । प्रोटिनले मांसपेशी बलियो बनाउँछ, साथै हड्डीका लागि पनि प्रोटिन आवश्यक हुन्छ । यदि तपाईंको हड्डी कमजोर छ, तपाईंलाई जोर्नी दुख्ने समस्या छ भने तपाईले प्रोटिनयुक्त खाना समावेश गर्न सक्नुहुन्छ । मूंगफली, फर्सीको बियाँ, पनिर र दूधमा प्रोटिन उच्च मात्रामा पाइन्छ । एजेन्सीको सहयोगमा

Share News