पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँ घट्यो, अब कति पर्छ ?

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । इण्डियन आयल कर्पोेरेसनले मंसिर २९ गते पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३.०७ रुपैयाँ र डिजेलमा ३.१६ रुपैयाँ मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्रै [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोेरेसनले मंसिर २९ गते पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३.०७ रुपैयाँ र डिजेलमा ३.१६ रुपैयाँ मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्रै मुल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४.५० रुपैयाँ पर्नेछ ।

डिजेल तथा मट्टितेलको लिटरको १५४ .५० रुपैयाँ पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

Share News