नेशनल फण्डको पहिलो साधारण सभाले पारित गर्यो प्रस्तावित लाभांश

<p>काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । मंसिर २८ गते सम्पन्न फण्डको पहिलो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ [&hellip;]</p>

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । मंसिर २८ गते सम्पन्न फण्डको पहिलो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

स्थापनाको पहिलो वर्षमै लाभांश दिन सफल यस नेशनल फण्डले आफ्नो पहिलो इक्वीटी फण्डको रुपमा नेशनल इक्वीटी फण्ड-१ जारी गरी फण्ड संकलन तथा लगानी कार्य शुरु गरिसकेको छ ।

नेशनल फण्ड विभिन्‍न संगठीत संस्थाहरुको ७५ प्रतिशतभन्दा बढी लगानी भएको नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृती प्राप्‍त प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल फर्म हो ।

Share News