टुडे मिल्कलाई तीन लाख जरिवाना, म्याद गुज्रेकाे दूध बेच्दा कारवाही

<p>काठमाडौं । म्याद गुज्रेका दूध प्याकिङ गरेर बिक्री गरेको भन्दै ललितपुरको टुडे मिल्क उद्योगलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ । बिहीबार विभागको तर्फबाट अनुगमनको क्रममा सो जरिवाना तिराएको विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले विकासन्युजलाई बताए । टुडे मिल्क उद्योगले बिक्रीलागि प्रयोग गर्न सक्ने ७० हजार बराबरको दूध नस्ट गरेर तीन लाख [&hellip;]</p>

काठमाडौं । म्याद गुज्रेका दूध प्याकिङ गरेर बिक्री गरेको भन्दै ललितपुरको टुडे मिल्क उद्योगलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ । बिहीबार विभागको तर्फबाट अनुगमनको क्रममा सो जरिवाना तिराएको विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले विकासन्युजलाई बताए ।

टुडे मिल्क उद्योगले बिक्रीलागि प्रयोग गर्न सक्ने ७० हजार बराबरको दूध नस्ट गरेर तीन लाख जरिवाना तिराएको सूचना अधिकारी पोखरेलले बताए । टुडे मिल्कले स्वास्थ्यमा खेलबाड गर्ने हिसाबले दूध बिक्री गर्दै आएको सूचनाको आधारमा अनुसन्धानको क्रममा सो कारबाही गरिएको उनको भनाइ छ ।

साथै, विभागले बिहीबार बजार अनुगमनको क्रममा मिठाई, बिस्कुट र केकमा प्रयोग गर्ने कच्चा पदार्थ बिक्री गर्ने एक ललितपुरको फर्मलाई पनि गुणस्तरहीन र अखाद्य वस्तु बिक्री गरेको भनेर तीन लाख रुपैयाँ जरिवाना गराएको छ । सो फर्मको व्यापारिक प्रतिष्ठामा आँच आउनसक्ने भन्दै अधिकारी पोखरेलले नाम भने सार्वजनिक नगर्ने बताए ।

Share News