<p>&nbsp; काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्ष २०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आर्थिक वर्षको कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३ रहेकोमा [&hellip;]</p>

 

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा गत आर्थिक वर्ष २०७९ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९२.६१ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आर्थिक वर्षको कात्तिक मसान्तमा १६.१ प्रतिशतले कमी आई अमेरिकी डलर ७७.७३ कायम भएको छ राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७७३ रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तमा ११.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९८०.१० पुगेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको असार मसान्तको तुलनामा कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.७४ रुपैयाँ पुगेको छ । असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ रहेको थियो ।

Share News