ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ)सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए । उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ)सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए ।

उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।”

समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उनले बताए ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ । हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ ।

निगम र प्राधिकरणबिच सन् २०२० को जनवरीमा भएको सहमतिअनुसार सन् २०२५ को जनवरी अन्त्यसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ । हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा उक्त निर्णय गरिएको र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाललाई निगमले नै जिम्मेवारी दिइने प्राधिकरणले जनाएको छ ।

निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्रष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । निगमले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आयटा)को मापदण्ड अनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको दाबी गर्दै आएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Share News