राष्ट्र बैंकको खुद नाफा ४१.३४ प्रतिशतले बढ्यो, एक वर्षमै कमायो पौने १ खर्ब

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष पौने १ खर्ब रुपैयाँ बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैंकले ८७ अर्ब ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा राष्ट्र बैंकले ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष पौने १ खर्ब रुपैयाँ बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष २०७९/८०को सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैंकले ८७ अर्ब ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा राष्ट्र बैंकले ६० अर्ब ९८ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकले गत वर्ष ४१.३४ प्रतिशत नाफा बढाएको हो । आर्थिक वर्ष २०७७/७८मा भने राष्ट्र बैंकले ३० अर्ब ४७ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ कायम छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकको खुद ब्याज आम्दानी ८६.०९ प्रतिशत वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख पुगेको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९.७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख रुपैयाँ र अन्य आम्दानी १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ ।

साथै, गत आर्थिक वर्षको नाफाबाट नेपाल सरकारलाई २५ अर्ब रुपैयाँ दिने राष्ट्र बैंकको निर्णय छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले खुद नाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

Share News