कामना सेवा विकास बैंकको बुक क्लोज मंसिर २९ गते

<p>काठमाडौं । कामना सेवा विकास बैंकले आगामी मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । बैंकको १७औं वार्षिक साधारणसभा आगामी पुस १७ गते मंगलबार हुँदै छ । सभाले बैंकको २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी मंसिर २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।

बैंकको १७औं वार्षिक साधारणसभा आगामी पुस १७ गते मंगलबार हुँदै छ । सभाले बैंकको २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने छ । तर, यो वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन ।

Share News