काठमाडौं । नबिल बैंकले आगामी मंसिर २९ गते बुक क्लोजको मिति तय गरेको छ । बैंकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यससँगै मंसिर २८ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको प्रस्तावित लाभांश पाउने छन् । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई आगामी पुस १२ गतेको वार्षिक साधारण सभाले पारित गर्ने छ । सभा सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुँदै छ ।