इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड सरकारको मिलेमतोमा ‘एनसेलको बिक्री’ : सांसद सिंह

<p>काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले एनसेलको बिक्रीको विषय इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारको काण्ड सरकारको मिलेमतोमा भएको बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद सिँहले एनसेल बिक्रीको सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै सो बताएका हुन् । ‘आज नेपालको इतिहासमा नै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड एनसेलको बिक्री काण्ड हो, यो राज्य र [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले एनसेलको बिक्रीको विषय इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचारको काण्ड सरकारको मिलेमतोमा भएको बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद सिँहले एनसेल बिक्रीको सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै सो बताएका हुन् ।

‘आज नेपालको इतिहासमा नै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड एनसेलको बिक्री काण्ड हो, यो राज्य र सरकारको मिलेमतोमा भएको छ’, सांसद सिँहले भने । साथै उनले शेरबहादुर देउवालाई ईंगित गर्दै पूर्व प्रधानमन्त्रीको छोराले एनसेलबाट १२ करोड रुपैयाँ बुझेको आफूले एक वर्ष अगाडि भनेको बताए ।

अहिलेको दिनमा एनसेलको सम्पत्ति दुई खर्ब भन्दा बढीको भएको र २०२९ जनवरीमा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउने विषयलाई रोक्नको लागि सरकारकै संरक्षणमा बिक्री कार्य भएको उनले आरोप लगाएका छन् । ‘अहिले दुई खर्ब बराबरको भएको एनसेलको सम्पत्ति सन् २०२९ जनवरीसम्ममा नेपाल सरकारको हुनेथियो, त्यसलाई हुन नदिनको लागि यो भ्रष्ट सरकारको संरक्षणमा यो काम भएको हो’, सांसद सिंहले भने ।

पहिला सरकारकै प्रधानमन्त्री र आन्तरिक राजस्व विभागका महानिर्देशकले एनसेलबाट क्यापिटल गेन ट्याक्स लिन पर्दैन र लिनुहुँदैन भनेको भन्दै सांसद सिंहले नेपालले अन्तर्राष्ट्रिय रुपमा मुद्दा जितेपछि ४३ अर्ब राजस्व नेपाललाई दिन बाध्य भएको बताए । एनसेलको बिक्रीमा भ्रष्टाचार भएको आफूसँग प्रमाण भएको भन्दै सांसद सिंहले केही माफियाहरु र सरकारका केही उच्च अधिकारीहरु मिलेर सो काण्ड भएको बताए ।

‘एक वर्ष अगाडि देखि नै यिनीहरु नेपाल सरकारलाई कसरी हस्तान्तरण नगर्ने भनेर प्रयास गरे, सांसदको कम्पोजिसन जुन छ, एमाले, कांग्रेस र माओवादीको सम्बन्ध राम्रो नभएको हुनाले ऐन पास हुन सकेन’, उनले भने, ‘त्यसपछि यिनीहरु दोस्रो बाटोमा गए ।’

‘एनसेलसँग ३५०० टावर छ, त्यो टावर एउटा टावर कम्पनी खडा गरेर लिने र पछि नेपाल सरकारलाई दिँदाखेरी बिना टावरको खाली बिल्डिङ दिने प्रपञ्च थियो, त्यसमा प्रधानमन्त्रीकी छोरी गंगा दाहाल अहिलेको एनटिएको जुन अध्यक्ष छ त्यसलाई प्रेसर दिइराख्यो’, उनले भने, ‘तपाईं व्यापारीलाई दिइदिनुस जुन व्यापारी तीन महिनादेखि प्रधानमन्त्रीसँग रक्सी खाइरहेको छ, त्यो व्यापारी पत्ता लगाउने काम गर्नुस ।’

Share News