काठमाडौं । इमर्जिङ्ग नेपालको प्रस्तावित ८.४२०५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको ८.४२०५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको हो ।
यस्तै, सभाले विभिन्न अजेन्डासहित कम्पनीको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९/८० नाफा-नोक्सान हिसाब र सोहीअवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ ।
पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्नेछ ।