
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा समस्या हुँदाहुँदै पनि सरकार र राष्ट्र बैंकले अस्वीकार गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अग्रवालले सो बताएका हुन् ।
‘कोभिड संक्रमणसँगै समस्या शुरु भएको अर्थतन्त्रमा समस्या समाधान भैसकेको छैन, समस्या हुँदाहुँदै पनि सरकार र राष्ट्र बैंकले स्वीकार गरेका छैनन्, प्रश्न गर्दै उनले भने- ‘सरकारले किन जिडिपी प्रकाशन गरेको छैन ?’ उनले भने ।
लगातार तीन त्रैमासिक अवधिमा आर्थिक वृद्धि नकारात्मक भएता पनि त्यसको राष्ट्र बैंकमा पुनर्संरचना गर्नुपर्ने अग्रवालले बताए । उनले पहुँचका आधारमा भन्दा क्षमताका आधारमा सञ्चालक नियुक्ति गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउँदै मौद्रिक नीतिको लागि छुट्टै विशेष समिति बनाउने अभ्यास गर्नुपर्ने उनको भनाई छ ।
‘राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टतर्फ लागेको जस्तो देखिन्छ, बैंकहरु आफैँ सक्षम छन्, अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी सरकारको हातमा छ, समस्या समाधान पशुपतिनाथले गर्छन् भनेर हुँदैन,’ उनले भने ।