मनकामना स्मार्ट लघुवित्तका सेयरधनीको हात खाली, छैन लाभांश प्रस्ताव

<p>काठमाडौं । यो वर्ष मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । [&hellip;]</p>

काठमाडौं । यो वर्ष मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो ।

मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ ।

संस्थाले यसअघि दुई वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेको छ । संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश (नगद लाभांशसहित) र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गरेको थियो ।

Share News