काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले देशको अर्थतन्त्रको विकास र विस्तारका लागि साना तथा मझौला उद्योग (एसएमई)मा लगानी बढाउनु पर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रकमा बोल्दै अध्यक्ष हमालले सरकारसँगै बैंक तथा वित्तीय क्षेत्रले एसएमईमा लगानी बढाउनु पर्ने बताएका हुन् ।
‘अर्थतन्त्र सबैतिर समस्या छ, तर हामीसँग कन्फिडेन्सको कमि देखिन्छ, विभिन्न कार्यालय तथा तहमा स्वीकृतिका लागि पुग्दा विदेशी लगानी आउनमा समस्या भइरहेको छ,’ उनले भने ।
हमालले अर्थतन्त्रमा देखिएका चुनौतीहरू समाधान गर्न सबै निकायहरूको सहकार्य अपरिहार्य रहेको बताए ।