
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई बलियो बनाउन सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रकाे सहकार्य रहेकाे बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेल्दै उनले अर्थतन्त्रलाई बलियाे बनाउन सबैकाे सहकार्य, समन्वय र हातेमालाे आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष मल्लले राष्ट्र बैंकले हालै गरेको कालोसूची सम्बन्धि नयाँ व्यवस्थाले थोरै भएपनि निजी क्षेत्रलाई राहत मिलेको बताएका छन् ।
‘अर्थतन्त्रको विकासका लागि रेमिट्यान्समा मात्रै भर पर्नु हुँदैन, उद्योग कलकारखाना तथा आर्थिक वृद्धिका क्षेत्रहरू पहिचान गरी अगाडि बढ्नु पर्छ, प्राकृतिक स्रोत उपयोगमा ध्यान दिनुपर्छ,’ उनले भने ।