एशियन पेन्टस् नेपालले भूकम्पपीडितलाई गर्यो ५० लाख सहयोग

<p>काठमाडौं । एशियन पेन्टस् नेपालले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । भूकम्प पीडितका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको हाे। विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्&#x200d;याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो । गत कात्तिक १७ गते [&hellip;]</p>

काठमाडौं । एशियन पेन्टस् नेपालले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । भूकम्प पीडितका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको हाे।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुनर्स्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्‍याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सहयोग रकमको चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णले मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

Share News