काठमाडौंका यी स्थानमा आज विद्युत बन्द हुने (सूचनासहित)

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । आज कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाकारी दिएको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

आज कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चमती, भगवान् पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Share News