वर्तमान प्रणाली कमजोर छैन, अप्ठ्याराहरु पन्छाउँदै छौं : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए । उनले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीहरुले सोचेको भन्दा बलियो रहेको बताए । उनले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेको बताए ।

‘अप्ठ्याराहरु त देशमा धेरैखाले छन् । त्यो अप्ठ्याराहरुलाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ । राजनीतिमा त अप्ठ्यारा आउँछन् । त्यसलाई सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानूनी शासनमा विश्वास गर्दछ । त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभुति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध छ । विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् । तर जनताबाट स्थापित यो सिस्टम यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । जसले जानिजानि बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन तर गर्दा कोशिस गर्दै पनि समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ ।’ उनले भने ।

अर्थमन्त्री महतले बैठकमा आसन्न महासमितिको बैठकको तयारीको बारेमा छलफल भएको बताए ।

Share News