राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै डा. वाग्ले

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेसँगै उनी रास्वपाको उपसभापति बन्ने भएका हुन् । उक्त प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा पेश गरेका हुन् । हालसम्म औपचारिक घोषणा भने भएको छैन । रास्वपाको विधानमा दुई जना [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेसँगै उनी रास्वपाको उपसभापति बन्ने भएका हुन् ।

उक्त प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा पेश गरेका हुन् । हालसम्म औपचारिक घोषणा भने भएको छैन ।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्थासँगै सभापति लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । हाल पाटीको उपसभापतिमा डोलप्रसाद अर्यालमात्र रहेका छन् ।

Share News