घट्टेकुलोबाट सांसद महराको धनमाल चोरी

<p>काठमाडौं । काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । &#8216;पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईँमा राखेको उक्त झोला अपरिचित [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।

आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

‘पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो,’ उनले भने ।

उक्त घटनाका बारेमा प्रहरीले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

 

Share News