समाजिक सुरक्षा कोषलाई नागरिकको कोखदेखि शोकसम्मको संस्था बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० लाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने जनसमुदायका लागि गौरवको विषय समेत रहेको बताएका हुन् । शुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको बताएका छन् । छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० लाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने जनसमुदायका लागि गौरवको विषय समेत रहेको बताएका हुन् ।

शुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्था रहेकोमा थप गर्दै परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेको उनको भनाइ छ । स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यस प्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने उनले विश्वास व्यक्त गरे ।

‘नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी हुँदैनन्, हालसम्म ५ लाख श्रमिकहरु कोषमा आवद्ध भइसकेकाले विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकहरूलाई समावेश हुन अनुरोछ,’ उनले भने ।

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मेरै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको शुरुवात गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । गत चैत्र ८ गते शुरुवात गरिएको उक्त कार्यक्रममा लाखौं श्रमिकहरु सूचिकृत भइसकेको जानकारी पाउँदा थप उत्साहित भएको उनले बताए ।

कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र ९ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध छन् । जसमा औपचारिकतर्फ ४ लाख ६१ हजार ७९६ जना, वैदेशिक रोजगारीतर्फ ४ लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ ३ जना आबद्ध छन् । यस अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपैयाँ संकलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ७५ लाख र अवकाश दाबी रकम ५ अर्ब ४८ करोड, ९६ लाख रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको छ ।

Share News