कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

<p>काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ ।

बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरु मार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्तरगत सहरि तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबि रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक, ५४ प्रतिशत रकम  भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरु माझ लोकप्रिय रहेको बैंकले जनाएको छ ।

बैंकले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Share News