सरकारलाई गभर्नरको सुझाव : आफ्नो नीतिबाट पछि हट्नु भएन, एक मिनेट पनि खेर नफालि काम गर्नुपर्छ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका नीतिको कार्यान्वयनका लागि पछि हट्न नहुने बताएका हुन् । यस्तै, उनले आगामी बैशाख ९ र १० गते हुने लगानी सम्मेलनको विषयमा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाई आफ्नो नीतिबाट पछि नहट्न सुझाव दिएका छन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न समयमा लिएका नीतिको कार्यान्वयनका लागि पछि हट्न नहुने बताएका हुन् ।

यस्तै, उनले आगामी बैशाख ९ र १० गते हुने लगानी सम्मेलनको विषयमा बोल्दै यो समय पनि तयारीका हिसाबले कम नै भएको धारणा राखे ।

‘विगतको हाम्रो अनुभवलाई हेर्दा यो समय निकै कम हो, अब हामीले तीव्र किसिमले काम गर्नु पर्छ, मिनेट पनि खेर नफालेर काम गर्नु पर्छ,’ उनले भने ।

यस्तै, उनले ऊर्जा क्षेत्रमा अध्ययन भएका प्रोजेक्टको विषयमा पनि सरकारले चासो दिनु पर्ने बताए । सरकारले सातवटै प्रदेशमा लगानी सम्मेलन गर्नका लागि अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

Share News