तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु

<p>काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आईतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ । बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर [&hellip;]</p>

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा शुरु भएको छ ।

सम्मेलन आईतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ ।

बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौति, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषय छन् ।

Share News