ट्राभल्सको सिस्टम ह्याक गरी ३३७ जनाको टिकट काटि २ करोड ठग्ने सुवेदी पक्राउ

<p>काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जियोल्याण्ड ट्राभल्स एण्ड टुस प्रा.लि.को युजर आईडी पोर्टल ह्याक गरी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा नारायण सुवेदी पक्राउ परेका छन् । जियोल्याण्ड ट्राभल्सको प्रणाली ह्याक गरी १ करोड ९९ लाख ८२ हजार रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले मंसिर ६ गते सुवेदीलाई पक्राउ गरेको प्रवक्ता नबराज अधिकारीले [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले जियोल्याण्ड ट्राभल्स एण्ड टुस प्रा.लि.को युजर आईडी पोर्टल ह्याक गरी २ करोड रुपैयाँ ठगी गरेको आरोपमा नारायण सुवेदी पक्राउ परेका छन् ।

जियोल्याण्ड ट्राभल्सको प्रणाली ह्याक गरी १ करोड ९९ लाख ८२ हजार रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले मंसिर ६ गते सुवेदीलाई पक्राउ गरेको प्रवक्ता नबराज अधिकारीले जानकारी दिए ।

सीआईबीका अनुसार गत कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म काठमाडौं ३ बालुवाटारस्थित ट्राभल्स कम्पनीको पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरबिया एयरलाइन्सको ३३७ जनाको टिकट बनाई २ करोड रुपैयाँ बराबरको ठगी गरेको जाहेरी परेको थियो ।

सोही आधारमा स्याङ्जा वालिङ ४ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्दै आएका मस्र्याङ्दी ट्राभल्सका म्यानेजर समेत रहेका सुवेदीलाई पक्राउन गरेको हो ।

Share News