निरन्तर घट्दै अन्तर बैंक ब्याजदर, ६० खर्ब नजिक निक्षेप

<p>काठमाडौं । बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर २ प्रतिशतको हाराहारीमा कायम भएको छ । केही महिनाअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल २.५३ प्रतिशत कायम भएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब २९ अर्ब रुपैयाँ काम भएको छ [&hellip;]</p>

काठमाडौं । बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर २ प्रतिशतको हाराहारीमा कायम भएको छ । केही महिनाअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल २.५३ प्रतिशत कायम भएको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब २९ अर्ब रुपैयाँ काम भएको छ भने कुल कर्जा ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समयको समस्या भनेको खराब कर्जा (एनपीएल) को मात्रै हो । वित्तीय संस्थको अन्य सूचकहरू बलियो नै देखिन्छन् ।

पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरू सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् ।

बैंकहरूले पनि ब्याज घटाउन थालेका छन् । केही महिनाअघि कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को दबाबमा रहेका बैंकहरूको अहिले सीडी रेसियो पनि सहज हुन थालेको छ ।

यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो समय बैंकको सीडी रेसियो ८१.१५४ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले अन्तर बैंकिङ सापटी घटाएसँगै ब्याजदर पनि घटेको हो ।

Share News