काठमाडौं । बर्दिया गुलरियाका बरुण घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका ५ स्थित सुहेलवा गाउँमा २० वर्षीय वरुण घिमिरेलाई खुडा प्रयोग गरेर हत्या गर्ने ८ जना पक्राउ परेका छन् । २ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेको जानकारी दिए ।
गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले लक्ष्मी पुजाको मध्यरातमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो । उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।