एनआईसी एशिया बैंकले ब्याजदर घटायो, कर्जाको कति छ ?

<p>काठमाडौं । एनआईसी एशिया बैंकले मंसिरमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि कात्तिकमा बैंकले साधारण बचतमा ६.००३ प्रतिशतदेखि ८.००३ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले मंसिरमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि कात्तिकमा बैंकले साधारण बचतमा ६.००३ प्रतिशतदेखि ८.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजद तोकेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.९६ प्रतिशत रहेको छ ।

Share News