अल्फा अटोमोटिभद्वारा‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार हस्तान्तरण

<p>काठमाडौं । रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवद्र्धन गर्न तथा युवापुस्तालाई सोसल मिडियालाई आकर्षित गर्न असोज ६ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार वितरण गरेको छ । असोज १९ गते टिकटक र फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरेर [&hellip;]</p>

काठमाडौं । रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवद्र्धन गर्न तथा युवापुस्तालाई सोसल मिडियालाई आकर्षित गर्न असोज ६ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार वितरण गरेको छ ।

असोज १९ गते टिकटक र फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद पुरस्कार वितरण गरिएको हो ।

नियमअनुसार तीन जना विजेताले पुरस्कार पाएका छन् । पोखराका पदम लामाले प्रथम पुरस्कारवापत १ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । पोखराकै स्मिता घिमिरेले द्वितीय पुरस्कारस्वरूप ६० हजार रुपयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी तेस्रो भएका हेटौंडाका रजक शाहीले ४० हजार रुपैयाँ नगद जित्न सफल भए ।

सम्पूर्ण विजेताहरूलाई आज नक्शालस्थित रोयल इन्फिल्डको शोरुममा कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरेका थिए ।

Share News