चिरायु नेशनल हस्पिटलले सञ्चालनमा ल्यायो डायबेटिज सेन्टर

<p>काठमाडौं । चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले डायबेटिज सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले डायबेटिज सेन्टरको उद्घाटन गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा.उत्तम कुमार शर्मा र वरिष्ठ जेनेरल फिजिसियन एबम डायबेटोलोजिस्ट डा.अजय प्रधान लगायतले डायबेटिज सेन्टरको उद्घाटन गरेका हुन् । कार्यक्रममा डा.अजय प्रधानले मधुमेह रोगको हालको अवस्था, [&hellip;]</p>

काठमाडौं । चिरायु नेशनल हस्पिटल एंड मेडिकल इन्स्टिच्युटले डायबेटिज सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले डायबेटिज सेन्टरको उद्घाटन गरिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा.उत्तम कुमार शर्मा र वरिष्ठ जेनेरल फिजिसियन एबम डायबेटोलोजिस्ट डा.अजय प्रधान लगायतले डायबेटिज सेन्टरको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा डा.अजय प्रधानले मधुमेह रोगको हालको अवस्था, तथ्याङ्क र यसका समाधानका उपायको विषयमा जानकारी गराएका थिए ।

अस्पतालका बिजिनेस डेभलपमेन्ट अफिसर बसन्त खनालले डायबेटीज सेन्टर चिरायु हस्पिटलकै डेडिकेटेड सेन्टर रहने र मधुमेहका बिरामीहरूले बिना कुनै झन्झट सहज तरिकाले उत्कृष्ट सेवा पाउने जानकारी दिए । उक्त सेन्टरमा डायबेटिज विभाग अन्तर्गत नै डाइटीसियन परामर्श र अपथाल्मो परामर्श पनि दिइनेछ ।

Share News