काठमाडाैं । सरकारले खसीबोका र च्याङग्राको मूल्यमा थप छुट दिएको छ ।
उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट घटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रति किलो १२५० बाट घटाएर प्रति किलो १२२५ कायम गरेको छ।
चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसी बोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको मन्त्रालयले जनाएकाे छ। यो छुट शुक्रबारदेखि लागू हुने जनाइएकाे छ।