यतीमा उड्ने यात्रुलाई उपहार नै उपहार, वासिङ मेसिनदेखि बाइकसम्म पाइने

<p>काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न उपहारहरु दिने घोषणा गरेको छ । यो योजना असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्म लागू हुने छ । यससँगै यो अवधिमा यतीमा यात्रा [&hellip;]</p>

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न उपहारहरु दिने घोषणा गरेको छ ।

यो योजना असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्म लागू हुने छ । यससँगै यो अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो । जुन पहिलो पुरस्कार हो । त्यस्तै, दोश्रो विजेताले जोडीलाई ब्याङ्कक एयर टिकेटस्, तेस्रो बिजेताले एलजी वासिङ मेसिन र चौथों विजेताले एसबीडी डायमण्ड एयर टप जित्ने एयरलाइन्सले जानकारी गराएको छ ।

साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय-समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँडन र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने समेत जानकारी गराइएको छ ।

Share News