एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ३६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ३६ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

लघुवित्तले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई १५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

Share News