ओलीलाई रविको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईकै नेतालाई भोट दिने भोटर कस्ता ?

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् । सोमबार नेकपा एमालेको पार्टी केन्द्रिय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरुलाई भोट दिने जनता पनि कस्ता ? भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहीँ कस्ता ? भन्ने प्रश्न गरे ।

‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन् भने जनता पनि कस्ता ? यो नयाँ दलको नीति, विचार केही पनि छैन । सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ । तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौति दिएको मैले यदाकदा सुन्ने गरेको छु । हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ति भोटर चाहीँ कस्ता ? यो प्रश्न मैले गर्न चाहन्छु । जनताको चेतनालाई चुनौति दिने हाम्रो हैसियत पनि छैन ।’ उनले भने ।

सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।

Share News