ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले मुद्दती निक्षेपमा [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर पुर्याएको छ ।

बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।

Share News