कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने

<p>काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो । असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने अस्पतालले जानकारी [&hellip;]</p>

काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो ।

असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने अस्पतालले जानकारी गराएको छ ।

‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

Share News