मनपरी भाडा लिनेलाई कारबाही गर्ने मन्त्रीको चेतावनी, भन्छन्: निगमले जहाज थप्नुपर्छ

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् । साथै, उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् । साथै, उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको चेतावनी दिँदै उनले निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने र निजी कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए ।

उहाँले भन्नुभयो – ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनीहरुलाई हामीले बढी नियन्त्रण गर्दापनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ । तर उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन् । मनपरी भाडा उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्शन गर्छु ।’

कानूनभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

Share News