जारमा किरा भेटिएपछि महानगरले त्रिकोण बेभरेजलाई तिरायो एक लाख जरिवाना

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रको त्रिकोण बेभरेजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीको जारमा किरा भेटिएपछि महानगरले कारवाही स्वरुप एक लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा कम्पनीको पानीको जारमा किरा भेटिएको महानगरले जनाएको छ । त्यस्तै, महानगरले कम्पनीलाई कारवाही बाहेक विभिन्न दुई वटा निर्देशन समेत दिएको छ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रको त्रिकोण बेभरेजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीको जारमा किरा भेटिएपछि महानगरले कारवाही स्वरुप एक लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो ।

बजार अनुगमनको क्रममा कम्पनीको पानीको जारमा किरा भेटिएको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरले कम्पनीलाई कारवाही बाहेक विभिन्न दुई वटा निर्देशन समेत दिएको छ । उक्त निर्देशन अनुसार कम्पनीले अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गरि भर्नुपर्ने छ । त्यस्तै, ल्याब रिर्पोट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउनु पर्ने महानगरले बताएको छ ।

Share News